अमेरिकी सैन्य कारबाहीमा इरानको ४२ जहाज ध्वस्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्याएको छ ।
उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति
दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।...
पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना
काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।
यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...
शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेनबीच छलफल
काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्...
जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत
काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको...



