बुधबार, ११ कात्तिक २०८३
नेपाली

भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य

Main News Image

काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी छन् । 

दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । ‘बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ’, नरेशले भने, ‘हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।’

कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाइरहेका छन् । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् । एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उनका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निर्वाह गर्न सक्छन् । 

घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका ७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको  छ । नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीनरतीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गरे । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

युनिस र हुसैनको घातक बलिङ : जनकपुरलाई १९ रनले हराउँदै कर्णालीको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणअन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको ल...

एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफ...

ऐतिहासिक जित निकाल्दै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै क्यानडा जारी फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनल अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रंगशालामा सोमबार भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले स्तब्ध पार्दै...

पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा

 काठमाण्डौँ । पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

कप्ता...

यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम

काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो...

उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिए

काठमाडौँ ।  विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिएका छन् । यसले विश्व फुटबलमा नयाँ शक्तिको उदय र परम्परागत शक्त...