बुधबार, ११ कात्तिक २०८३
नेपाली

नेपालमा विपद्को घटनाबाट नौ महिनामा चार सय २४ को मृत्यु

Main News Image

काठमाडौँ । नेपालमा गत वैशाखदेखि हालसम्मको अवधिमा विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा देशभर कुल ५ हजार ९६६ वटा विपद्का घटना घटेका छन् ।

यी घटनाहरूमा परेर ४२४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ६४३ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार ३८ जना अझै बेपत्ता छन् भने ११ हजार ५३५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । विपद्का विभिन्न स्वरूपमध्ये सबैभन्दा भयावह अवस्था आगलागीको देखिएको छ । देशभर भएका २ हजार ६९२ वटा आगलागीका घटनामा ७५ जनाको मृत्यु भएको छ भने २ हजार ९९६ परिवारको उठिबास भएको छ । 

यस्तै, मनसुनको समयमा आएको पहिरोका ५७७ घटनामा ७१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, वन डढेलो, हुरीबतास र जनावरको आक्रमणका कारण पनि उल्लेख्य मानवीय क्षति भएको छ । 

mediabaaji add

सम्बन्धित खबर

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ । सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका...

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुर । ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ । गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि सुरक्...

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को...