करिब ११ लाख बराबरको काँचो केरासहित ४ जना पक्राउ
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका ८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए ।
सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विलबिजक नभएको काँचो केरासहित नियन्त्रणमा लिएको उनले जानकारी दिए। बरामद भएको सामग्रीको ११ लाख २० हजार रुपैयाँ मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको केरा र सवारी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
काठमाण्डौँ । दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर ७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...
ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरी नियन्त्रणमा
काठमाडौँ। अनावश्यक ठुलो आवाज निकाल्ने ८ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाउँ स्थित सडक खण्डमा गरिएको विशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई...
काठमाडौंमा भारतीय नागरिकले भारतीयलाई नै बन्धक बनाएर मागे फिरौती
काठमाडौँ । एक भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर फिरौती अशुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । अस्ट्रेलिया पठाउने बहानामा ती युवकलाई काठमाडौं बोलाएर बन्धक बनाई २० लाख भारु ३२ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरील...
बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ कसूरमा शाक्य पक्राउ गरिएको हो । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीमाथि...
अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठ...
चुनाव विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा कडा
काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन...



