प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने, प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता भइसकेका छन् भने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भइसकेको छ । यसैगरी २८ दल दर्ता प्रक्रियामा रहेका छन् ।
उनका अनुसार आयोग निर्वाचनको सुरक्षा, व्यवस्थापन र अन्य तयारीहरू कार्ययोजना अनुसार अगाडि बढाइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई निर्दिष्ट समय कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । मतदाता विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशित गरिनेछ । विवरणमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म सच्याउन सकिने आयोगले जनाएको छ । भट्टराईका अनुसार विवरण सच्याउने प्रक्रिया सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
एक्सप्रेस
सम्बन्धित खबर
झापा ५ मा ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने
काठमाण्डौँ । एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छन् । आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेका हुन् । ...
सुशासन कायम गर्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार केन्द्रित : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायमका साथै तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित भएको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले बुधबा...
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि आज विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको दाबी, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रकाश रिजालको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा पुस्ताबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा प्रकाश रिजालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा युवा तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
रिजालले पार्टीको...
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन पार्टीका नवनिर्वाचित सांसदका लागि आजदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा अनुपस्थित रहेका छन् । ललित...
बत्तीस स्थानको नतिजाः रास्वपा २३, कांग्रेस पाँच, नेकपा दुई, एमाले एक, रास्वपाको अग्रता ९२ स्थानमा
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा ३२ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २३, नेपाली कांग्रेसले ५,नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हासिल गरेक...



