नेशनल लाइफ इन्स्योरेन्सद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज आयोजित विशेष कार्यक्रममा सहयोग रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रानसहित आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि सहयोग आवश्यक रहेको भन्दै कम्पनीले उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई समेत आग्रह गरेको छ ।
कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्ड थप महँगिए
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर...
नाइमाको सरकारसँग आग्रह—अटोमोबाइल क्षेत्रलाई ‘विलासिता’ होइन ‘आवश्यकता’को मान्यता दिनुपर्ने
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाका अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले सँग भेट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत तथा प्रणालीगत सुधारका विस्तृ...
बुधबार कुन विदेशी मुद्राको विनमियदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र...
शिखर पावरको आईपीओ बाँडफाँड, २४ लाख ६६ हजार आवेदकको हात रित्तो
काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आई...
निरन्तर बढ्दै सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ३०० रुपैयाँले उकालो लागेको हो । अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ७०० रु...
आज विदेशी मुद्राको विनिमयदर कति ? हेर्नुहोस्
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकक...



