नेप्सेमा ३२ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा झरेको छ ।
आज ३२९ वटा कम्पनीको कुल ५ करोड २७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारो बार रकम करिब ७ महिना यताकै धेरै हो । आज बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
आज रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै सालपा विकास बैंकको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ९.०८ प्रतिशत र कालिका पावर कम्पनीको सेयर मूल्य ८.८७ प्रतिशतले बढेको छ । हिमस्टार उर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले बढेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवैको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य र...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । य...
यातायात व्यवसायी महासंघमा नयाँ नेतृत्वको पदस्थापन, विदेशी गाडीको अनियन्त्रण रोक्न माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। राजधानीमा आयोजित विशेष समारोहमा नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्...



