बिहिबार, २२ असोज २०८३
नेपाली

कांग्रेस सभापतिमा गगन थापासहित ३ जनाको उम्मेदवारी

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। असोज २२ गते हुने निर्वाचनका लागि मुख्य पद सभापतिमा वर्तमान सभापति गगनकुमार थापासहित तीन जनाको आधिकारिक उम्मेदवारी परेको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार मंगलबार साँझ साढे सात बजेसम्म सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको मनोनयन दर्ता भएको छ।

मनोनयन दर्ता गर्नेमा सबैभन्दा पहिले युवा नेता श्यामकृष्ण खड्गी रहेका थिए। त्यसपछि साँझ साढे छ बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर गगन थापाले र त्यसपछि पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले मनोनयन दर्ता गराएका हुन्।

mediabaaji add

सम्बन्धित खबर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

काठमाडौँ । आज दिनको २ बजे बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार उक्त बैठक स्थगित गरी अब सोमबार दिउँसो २ बजे का लागि बोला...

१५ औं महाधिवेशनको मितिसम्बन्धी कांग्रेस अझै अनिर्णित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनको मितिमा बहस जारी छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुले आफ्नो राय राखेको कांग्र...

सहिद दिवसमा बालेनको शुभकामना : ‘फेरि कसैले सहिद बन्नु नपरोस् !’

काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आज बिहानै सहिद दिवसको शुभकामना दिँदै फेरि कसैले सहिद बन्न नपरोस् भन्ने कामना गरेका छन् । चुनावी अभियानका क्रममा अहिले...

१४ दिनपछि बस्दै प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समित...

मुख्यसचिव गोविन्द बहादुर कार्कीद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् । बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हु...

देउवा, ओली र प्रचण्डसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका तीन शीर्ष नेतासँग छलफल गर्दै छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानम...