शुक्रबार, २२ जेठ २०८३
नेपाली

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

Main News Image

काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा वार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत अर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन मालपोत र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ ।

दुवै शीर्षकसहित बाँडफाँड आव २०८२र८३ को साउनदेखि चैत महिनासम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा लक्ष्यको ५५ दशमलव ०७ प्रतिशत अर्थात् १७ अर्ब एक करोड दुई लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए ।

उनका अनुसार चालु आव २०८२र८३ मा घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट सात अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ५२ करोड ६२ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।


mediabaaji add

सम्बन्धित खबर

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणाली...

नेप्से परिसूचक २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो दिन आज सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको हो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ ।<...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले यही वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ जारी गर्न...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गर...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७०...