बिहिबार, १२ कात्तिक २०८३
नेपाली

विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा

Main News Image

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि बक्यौता तिर्न आनाकानी गर्ने ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार कालोसूचीमा परेका ग्राहकबाट १ करोड ४ लाख १७ हजार ३८१ बक्यौता उठाउन बाँकी रहेको छ। बक्यौता असुलीलाई प्रभावकारी बनाउन केन्द्रले कठोर कदम अपनाएको उनले बताए । उक्त अवधिमा महसुल नतिर्ने ग्राहकको विद्युत् सेवा विच्छेद गर्ने कार्यलाई पनि तीव्रता दिइएको छ। यस आर्थिक वर्षमा हालसम्म १ हजार ८२६ ग्राहकको लाइन काटिएको छ। छ महिनासम्म पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्ने नीति अनुसार कारबाही गरिएको विष्टले जानकारी दिए ।

mediabaaji add

सम्बन्धित खबर

नारायणगढ–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा...

चिया निकासीमा भारतीय अवरोध हट्यो

विराटनगर । नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्ड ९एसओपी० का कारण झन्डै दुई महिनादेखि अवरुद्ध भएको नेपाली चिया निकासी मंगलबारदेखि पुनस् सुरु भएको छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीक...

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गर...