बागलुङ जोड्ने ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र
बागलुङ । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भएको छ । सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीसम्मको २.५ किमी र गणेशघुम्ती–निरयघाटअन्तर्गत १.५ किमी गरी १२.२ किमी सडक कालोपत्र गरिएको छ ।
विश्व बैंकको रु ४८ करोड अनुदानमा सडक निर्माण गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । सडकले ग्रामीण जनतालाई यात्रा गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न सहज भएको उनको भनाइ छ । बागलुङ नगरपालिकाका तीनवटा वडामा पर्ने उक्त सडकले नागरिकको जीवनस्तर परिवर्तन ल्याउनने प्रमुख श्रेष्ठ बताउँछन् ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर (सूचीसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ...
विदेशी मुद्राको विनिमय दर, डलर १५२ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
त्यसैगरी युरोपियन य...
पूर्वअर्थमन्त्री पाण्डेको निधन
काठमाडौँ । नागरिक आन्दोलनका अगुवा तथा पूर्वअर्थमन्त्री डा। देवेन्द्रराज पाण्डेको निधन भएको छ । ८७ वर्षका पाण्डेको शुक्रबार राति काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय पाण्डेको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्का...
अर्थ मन्त्रालयबाट दुई सहसचिव बाहिरिए, तीन पद रिक्त
काठमाडौँ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अर्थ मन्त्रालय मातहत कार्यरत दुई जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव रामकृष्ण पुडासैनी र महालेखा...
तीन महिनामा बागमतीको बजेट खर्च ६ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार...
कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण
सुर्खेत । बहुप्रतिक्षित कोहलपुर सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ । आयोजना निर्माण सम्पन्न भएसंगै शुक्रबार उक्त लाइन परीक्षण गरिएको हो । १३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसँगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या स...



