नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन
काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका विभिन्न स्थानमा विशेष कार्यक्रम गरी २५औँ स्मृति दिवस मनाइँदै छ ।
विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी राजदरबारभित्र आयोजना गरिएको नियमित पारिवारिक भोजका क्रममा अप्रत्याशित रूपमा यो अकल्पनीय घटना घटेको थियो । त्यस कालरात्रिमा भएको अन्धाधुन्ध गोलीकाण्डमा परी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजाका कान्छा भाइ धीरेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको विभत्स हत्या भएको थियो ।
घटनाकै दिन राजपरिवारका अधिकांश सदस्यको निधन भएपछि नेपालको इतिहासले एउटा नयाँ र जटिल मोड लिएको थियो । घटनालगत्तै अचेत तथा अर्धमुर्छित अवस्थामा फेला परेका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते नयाँ राजा घोषणा गरिएको थियो । उनी सैनिक अस्पतालमा उपचाररत र अचेत रहेका कारण तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राज्यको नायबी राजप्रतिनिधि घोषणा गरियो । अस्पतालमै उपचारका क्रममा जेठ २२ गते दीपेन्द्रको पनि निधन भएपछि ज्ञानेन्द्र शाहलाई नेपालको नयाँ राजा घोषणा गरिएको ऐतिहासिक तथ्य छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नागढुंगा-मलेखु सडक आजबाट खुला, काम जारी
काठमाडौँ । नागढुंगा– मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ । नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको...
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर
सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...
सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राख...
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
काठमाडौँ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई...
नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र छलफल गर्न गृहमन्त्री सहमत
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । धनुषाको जिल्ला प्रशासन कार्यालयमा शनिबार राति सम्पन्न वार्तामा उक्त सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइ...
चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो
रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोद...



