नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको २२ करोड १० लाख रुपैयाँ र तेस्रोमा सहास उर्जाको १३ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सागर डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बुंगल हाइड्रोपावर र बन्दीपुर केवलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ८.७२ प्रतिशतका दरले गुमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
उजुरीलाई हतियार बन्न नदिन सम्पत्ति शुद्धीकरण ऐन संशोधन गरिएको हो : अर्थमन्त्री वाग्ले
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण मनि लाउन्ड्रिङ निवारण ऐनमा अध्यादेशमार्फत गरिएको विवादित व्यवस्थालाई संशोधन गर्दै पुरानै कानुनी व्यवस्थामा फर्काएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अध्यादेशमार्फत ल्याइएको केही व्यवस्था अपेक्षाभन्दा बढी क...
बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको १० ग्रामको मूल्य पनि आज दुई लाख ४२ हजा...
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य १ हजार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहे...
एनएमबि बैंक र र्यापिड टेक (Rapid Tech) बीच ‘नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रालि (Rapid Tech Pvt. Ltd.) सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणाल...
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलाकै ८ हजार दुई सयले घट्यो
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार साताको पहिलो कारोबार दिन नै सुनको मूल्यमा अप्रत्याशित रूपमा प्रतितोला आठ हजार दुई सय रुपैयाँको भ...



