आइतबार, ०८ कात्तिक २०८३
नेपाली

१०५.६२ मेगावाट बिजुलीका लागि २१ अर्ब लगानी स्वीकृत

Main News Image

काठमाडौं । सरकारले १०५।६२ मेगावाट विद्युत् उत्पादन क्षमता भएका दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ६८औँ बैठकले मनाङको नार खोला र रुकुमको सानी भेरी–३ जलविद्युत् आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले ५८।९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६।७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनामा १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको छ । दुवै आयोजनाको कुल लागत २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ पुग्छ ।

नयाँ आयोजनामा लगानी स्वीकृत गरेको बोर्डले लामो समयदेखि निर्माणको चरणमा रहेका दुई ठूला जलविद्युत् आयोजनाको प्रगति र भविष्यको उत्पादन लक्ष्यसमेत बैठकबाट अघि बढाएको छ । भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगम एसजेभीएनले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण–३ आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । यसअघि सन् २०२५ मार्चसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम नसकिएपछि समय थपको प्रक्रिया अघि बढाइएको थियो ।

९०० मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको हकमा आयोजना विकास सम्झौता ९पीडीए०को प्रावधानअनुसार तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पा...

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई...