शनिबार, १० असोज २०८३
नेपाली

नेपालमा लगानी विस्तार गर्दै ठूला करदाता कम्पनी, जलविद्युत‍्देखि पेय पदार्थसम्म २०० अर्ब थपिँदै

Main News Image

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छ्न । सोमबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न २० वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई आग्रह गरेका हुन् ।

‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको उद्योग विस्तार गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्नुहोस्। सरकार तपाईंहरूको साथमा उभिनेछ ।’ अर्थमन्त्रीको आग्रहपछि पालैपालो छलफलमा आफ्नो धारणा राखेका कम्पनीका प्रतिनिधिहरूले छिट्टै नेपालमा २०० अर्ब रुपैयाँ लगानीको प्रक्रिया अघि बढिरहेको भन्दै थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।


mediabaaji add

सम्बन्धित खबर

माघ महिनामा घट्यो घरजग्गा कारोबार, ५ अर्ब ९ लाख राजस्व संकलन

काठमाडौँ । माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिल...

सुनको मूल्य १२ सयले घट्यो !

काठमाडौँ  । स्थानीय बजारमा सुनको मूल्य तोलामा १२ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ६ हजार सात सय कायम भएको छ । मंगलबार एक तोला सुन तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले  आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

संस्कृती...

बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँ...

मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...