नेप्सेमा १७.५३ अंकको गिरावट, १४ अर्ब ५६ करोड माथिको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ङादी ग्रुपको सर्वाधिक ५९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५२ करोड २९ लाख रुपैयाँ र तेस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अर्थ मन्त्रालयबाट दुई सहसचिव बाहिरिए, तीन पद रिक्त
काठमाडौँ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अर्थ मन्त्रालय मातहत कार्यरत दुई जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव रामकृष्ण पुडासैनी र महालेखा...
निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ
काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो, तर अर्थ मन्त्रालयले यसमा लगभग ४० प्रतिशत कटौती गर्दै ४ अर्ब ९६ करोड मात्र स...
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुवेती दिनार झण्डै ५००
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
यस्त...
शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ अर्को मात्रै बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।
क...
तनहुँको भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण : स्थानीय उत्पादनले आयात विस्थापित गर्दै
दमौली । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । स्थानीयस्तरमै व्यावसायिक रूपमा फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको निर्भरता घट्दै गएको छ भने आत्मनिर्भरताको ढोका खुल्दै ग...



