बिहिबार, १२ कात्तिक २०८३
नेपाली

संविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा

Main News Image

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्य निरन्तर भइरहेको जानकारी दिए । उनले संविधान जारी भएपछि हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेको बताए ।

उनले भने, ‘नेपालको संविधान जारी भएसँगै संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरु पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्यालय नेपाल सरकारले उच्च प्राथमिकताका साथ सम्पादन गर्दै आइरहेको छ । नेपालको संविधान जारी भएपछि हालसम्म १४६ वटा छुटछुट्टै ऐनहरु जारी भएको अवस्था छ। यसैगरी मौजुदा ऐनहरुलाई नेपालको संविधान अनुकुल बनाउन तथा संघीय शासन प्रणाली बमोेजिम सुधार गर्न विभिन्न मितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनहरु जारी भएका छन् ।’

मन्त्री सिन्हाले मौजुदा ऐनहरूलाई संविधानअनुकूल र संघीय शासन प्रणालीअनुसार सुधार गर्न विभिन्न मितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन’हरू जारी गरिएको बताए। ती संशोधनमार्फत प्रचलित ऐनहरूलाई संविधान र संघीयताको मर्मअनुसार परिमार्जन गरिएको उनले स्पष्ट पारे।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते म...

हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा ‘हिन्दु सम्राट सेना’को अवरोध

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको जनकपुरधाम भ्रमणअघि आइतबार जानकी मन्दिर परिसरमा तनाव उत्पन्न भएको छ। साम्पाङलाई स्वागत गर्न पुगेका उनका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच धकेलाधकेल भएपछि सुरक्षा संवेदनशीलतालाई ध्य...

पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र गतिमा अघि बढ्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र रूपमा सञ्चालन हुने दाबी गरेका छन् । सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत बैलबास बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विवेक र सावधानीका साथ देश अ...

निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने निर्णायक अवसर : डा. भीम रावल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा भीम रावलले अहिले भइरहेको निर्वाचन देशको भविष्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण अवसर भएको बताएका छन् । अछाम क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका रावलले साँफेबगरमा आयोजित...