मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १४ जना दोषी ठहर

Main News Image

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई मंगलबार दोषी ठहर गरेको हो ।

यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकीले पाए सफाइ पाएका हुन् । फरार रहेका अभियुक्तका हकमा पक्राउ परेका बखत कानुन बमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।

दोषी ठहर हुनेहरूमा रायमाझी, खाणसहित केशव दुलाल, सानु भण्डरी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे छन्। उनीहरूले संगठित रुपमा ठगी गरी उक्त कसूरबाट राज्यविरुद्धको अपराध गरेको अदालतको संक्षिप्त आदेशमा उल्लेख छ ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको...

सन्तोष, सुदन र मानुषीलगायतका नेता मिलेर दल दर्ता गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट राजीनामा दिएका नेता सन्तोष परियारले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् । उनले मानुषी यमी भट्टराई र सुदन किराँती लगायतका नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी थालेका...

निर्वाचनका कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विप...