बिहिबार, १२ कात्तिक २०८३
नेपाली

नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद

Main News Image

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा चेकपोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला परेका हुन् । बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई शङ्का लागेर खानतलासी गर्दा अवैध रूपमा ल्याइएका ती सामग्री बरामद गरिएको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले बसको खानतलासी गर्दा चालकको सिटको छेउमा कालो झोलामा लुकाएर राखिएको अवस्थामा ती आईफोनहरू फेला पारेको थियो । बरामद गरिएका मोबाइलहरूको सम्बन्धमा कुनै पनि आधिकारिक बिल वा खरिद कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ

काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...