ट्रक र बस आपसमा ठोक्किँदा १४ घाइते
काठमाडौँ । मकवानपुरमा चामल लोड गरिएको बिहीबार ट्रक र यात्रु बाहक बस आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडातर्फ जाँदै गरेको बाप्र ०६००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १०१००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस राति ११:४० बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौडा पाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ । घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन...
ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बर्जुमा सडक अवरुद्ध
काठमाण्डौँ । माघे संक्रान्तिको बिहानै सुनसरीको भोक्राहानर्सिङमा भएको ट्रक दुर्घटनामा परी ५ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सुनसरीको बर्जुमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफ्नै वडाका ५ जनाको अकालमा मृत्यु भएपछि बर्जु...
सल्यान र सुर्खेतमा एक साताभित्र पाटेबाघको आक्रमणबाट तीनको मृत्यु
काठमाडौँ । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्...



