पुस १३–१४ गते समानुपातिकको बन्द सूची, उम्मेदवार छनौटबारे दलहरूलाई प्रशिक्षण दिँदै आयोग
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर बन्द सूची पेस गर्नुपर्ने आयोगले जनाएको छ । आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ। सोही कार्यतालिका अनुसार बन्द सूची पेस गर्ने दिन तोकिएको हो ।
यस्तै, समानुपातिकतर्फ दर्ता राजनीतिक दलहरूलाई आज पुस ८ गतेदेखि उम्मेदवार छनोटका विषयमा प्रशिक्षण दिने भएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा कुन जाति वा समुदायको कति प्रतिशत हिस्सा हुनुपर्ने हो भन्ने विषयमा दलहरू प्रायः अन्योलमा रहेको पाइएकाले आज मंगलबार र भोलि बुधबार २ दिन तालिम दिन लागिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारको बन्द सूची बुझाउँदा र अन्तिममा निर्वाचित घोषणा गर्दा अपनाउनुपर्ने कानुनी ‘फर्मुला’ बारे प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा नयाँ–पुराना, साना–ठूला दलका नेता तालिममा सहभागी हुनेछन् । जनगणनाअनुसार समानुपातिकको समावेशी समूहतर्फ हुनसक्ने परिवर्तनबारे दलहरूलाइ ओरिएन्टेसन प्रदान गर्न लागिएको रसमानुपातिकमा निवेदन दिएका सबै १९३ वटा दलका प्रतिनिधि सहभागी हुने प्रवक्ता भट्टराईले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
विविधतामा एकता र समानतामा आधारित नेपाल निर्माण गरौँ : कुलमान घिसिङ
काठमाण्डौँ । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको स...
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने
काठमाडौँ । सरकारले ‘शासकीय सुधार’ अन्तर्गत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी आन्दोलनले त्यसको कडा विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन गर्दै असं...
ओली भन्छन्-अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आई परेको संकटबाट मुक्ति द...
तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष गुरुङले पार्टी निर्माण अभियानमा सहज वातावरण बनोस् भनेर आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
कांग्रेस सभापतिलाई सम्बोधन...



