इन्धनको मूल्यवृद्धिले १२५ ठेक्का रोकिँदै
चितवन । पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् ।
तीमध्ये १२५ वटा आयोजनाको काम रोकिने अवस्थामा आएका उनले बताए । यसरी ठेक्का सम्झौता गर्ने समयमा भन्दा अहिले इन्धनको मूल्यमा भएको वृद्धि र अलकत्रा ९विटुमिन० को समस्याका कारण पूर्वाधार विकासका काम रोकिने अवस्थामा पुगेका उनको भनाइ छ ।
प्रमुख चौधरीले भने, “निर्माण व्यवसायीहरूले ‘निर्माण होलिडे’ तत्कालका लागि रोक्न मिल्ने प्रकृतिका आयोजनालाई रोक्ने प्रक्रियाको माग गर्दै कार्यालयमा पत्र बुझाएका छन् ।” इन्धनको मूल्य बढेपछि सबै क्षेत्रमा मूल्य वृद्धि हुँदा पूर्वाधार निर्माण प्रभावित बन्दै आएका उनको भनाइ छ ।
यस कार्यालयबाट ५० वटा आयोजना उपभोक्ता समितिबाट गर्नुपर्ने भए पनि ती आयोजनाको काम पनि हुन सकेको छैन । कार्यालयले अहिले १९ वटा पुल निर्माण गरिरहेको छ भने अन्य आयोजनाअन्तर्गत सडक निर्माण भइरहेका उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्बले घट्यो
काठमाण्डौँ । सोमबार नेप्से परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले घटेको छ ।
सोमबार कारोबार रकम पनि शुक्रबारको तुलनामा एक अर्बभन्दा बढी रकमल...
मोदी ईनर्जीले विद्युत नियमन आयोगबाट पायो हकप्रद सेयर निष्कासनको प्रारम्भिक स्वीकृति
काठमाडौँ । मोदी ईनर्जी लिमिटेडले हकप्रद सेयर निष्कास गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो ।
...साताभर ३५.०५ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ३५.०५ अंकले बढेर २६२०.९२ विन्दुमा आईपुगेको छ। गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से यो साता ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो । यस साता चार कारोबार दिन बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से घटे...



