आइतबार, २२ कात्तिक २०८३
नेपाली

क्रिश्चियन धर्म प्रचार गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा रोक

Main News Image

काठमाडौं । अध्यागमन विभागले नेपालमा क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० विदेशीलाई निष्कासित ९डिपोर्ट० गरेको छ । उनीहरूलाई तीन वर्ष नेपाल प्रवेशमा रोक लगाउँदै निष्कासित गरिएको विभागले जनाएको छ ।

“मोरङ जिल्ला, कानेपोखरी गाउँपालिका वडा नं। ७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामको संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक नाबालकसहित १० विदेशी नागरिकहरूलाई तीन वर्षसम्मको लागि नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको छ,” विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  


mediabaaji add

सम्बन्धित खबर

अमेरिकामा नेपालीको भविष्य अन्योलमा, करिब सात हजार नेपाली निर्वासनको जोखिममा

काठमाडौँ । एक दशकअघि भूकम्पको त्रासदीबाट जोगिन अमेरिका पुगेका हजारौँ नेपाली अब कानुनी अस्तित्व गुमाउने जोखिममा परेका छन् । अमेरिकी संघीय पुनरावेदन अदालतको पछिल्लो आदेशपछि टीपीएसअन्तर्गत संरक्षण पाउँदै आएका करिब सात हजार नेपाली नागरिकको बसाइँ संकटम...

जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो

काठमाण्डौँ । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी...

किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप-अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास


काठमाडौँ ।  दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणलाई उनको बढ्दो आक्रामक विदेश नीतिको पछिल्लो कदमका रूपमा व्याख्या गरेको छ। किम शनिबार चीन पुगेपछि दक्षिण कोरियाले उक्त प्रतिक्रिया दिएको हो। समाचार एजेन्सी एपीका...

बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । 

सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...

आणविक परीक्षण शुरू गर्न सकिने ट्रम्पको सङ्केतले थपियो चिन्ता

काठमाडौँ । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न सहयोग गर्दै आएको यो व्यवस्था कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय सुरक्षा कवचहरू खस्किँदै गएको व...

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन् । ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च...