सोमबार, ०२ कात्तिक २०८३
नेपाली

बीमा प्राधिकरण कर्मचारी संगठनले बाढीपीडितका लागि एक लाख सहयोग गर्ने

Main News Image

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । संगठनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ । संगठनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ । 

यस्तै बाढी तथा पहिरोका कारण घाइते भएकाहरूको यथाशीघ्र उद्धार गरी प्रभावकारी उपचारको व्यवस्था गर्न संगठनले सरकारसँग अनुरोध गरेको छ। प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना तथा राहत वितरणको कामलाई थप प्रभावकारी बनाउन पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ।

mediabaaji add

सम्बन्धित खबर

चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशत...

सडकपेटीमा व्यापार नगर्न निर्देशन

काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय नगर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले जानकारी दि...

साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

काठमाण्डौँ । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभए...

बिजुलीमा भ्याट साउन १ देखि मात्रै लागू हुने

काठमाडौँ । सरकारले विद्युत् सेवामा लगाएको मूल्य अभिवृद्धि कर भ्याट साउन १ गतेदेखि मात्रै कार्यान्वयन हुने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभागले असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा जारी भए पनि त्यसमा भ्याट नलाग्ने जनाएको हो ।

नेपाल व...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।