सूचना-प्रविधि
काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा हुस्सु देखिएको भए पनि त्यसपछि हावामा पानीका कण नभएको तुवाँलो बनेको जानकारी दिए ।
पारदर्शिता पाँच किलोमिटरभन्दा कम भए पनि पानीका कण नहुने अवस्थालाई हेज भनिने र नेपालीमा यसलाई तुवाँलो भनिने उनले स्पष्ट पारे । अधिकारीका अनुसार हाल काठमाडौँ उपत्यकामा दृश्यता करिब ३ हजार ५ सय मिटर छ। यो स्तरको भिजिबिलिटीले न त हवाई उडानमा ठूलो समस्या ल्याउने न त सडक यातायात प्रभावित हुने उनको भनाइ छ। तर, दृश्यता अझै घटेमा उडान तालिका प्रभावित हुन सक्ने संकेत उनले दिएका छन् ।
मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उपत्यकाको आकाशमा बादल त देखिएको छ, तर त्यो प्रभाव माथिल्लो वायुमण्डलमा मात्र सीमित रहेकाले वर्षा हुन सकेन। तल्लो वायुमण्डल सुक्खा र हावाको गति न्यून भएकाले तुवाँलो हट्न नसकेको जनाइएको छ ।
हावाको गति बढेको भए तुवाँलो केही हदसम्म पन्छिन सक्थ्यो, तर अहिलेको स्थिर वायुमण्डलीय अवस्थाले धुम्म वातावरण कायम रहेको मौसमविद् अधिकारीको निष्कर्ष छ । पश्चिमी क्षेत्रमा भने जलवाष्पयुक्त हावा सक्रिय रहेकाले कतिपय स्थानमा वर्षा भएको उनले बताए ।
ताजा समाचार
निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले...
हिमपातसँगै वर्षा हुने चिसो अत्यधिक बढ्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारण...
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमा...
इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ । २३...
लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड...
बिहीबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भा...


