आइतबार, ३१ जेठ २०८३
नेपाली

सूचना-प्रविधि

Main News Image

मौसम पूर्वानुमान : पहाडी र हिमाली भूभागमा हल्का वर्षा सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायु मण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध...

सोमबार देशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बा...

बुझाइयो कार्की आयोगको प्रतिवेदन, कस-कसलाई भयो कारबाहीको सिफारिस ?

काठमाडौँ । बहुप्रतिक्षित कार्काी आयोगको प्रतिवेदन सरकारलाई बुझाइएको छ । भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्...

उपत्यकामा बदली र छिटफुट वर्षा, वायुमण्डलीय प्रदूषण बढ्यो !

काठमाडौँ । काठमाडौं उपत्यकामा मौसममा परिवर्तन देखिएको छ । अहिले मौसम बदली भई छिटफुट रूपमा पानी परिरहेको छ। साथै, उपत्यकाको वायुमण्डलमा प्रदूषण पनि...

बढ्यो तापक्रम, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्रीभन्दा माथि

काठमाडौँ । उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ ।  यस क्रममा आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लि...

यती एयरलाइन्सको आजका उडान स्थगित

काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी...