बुधबार, ०३ असार २०८३
नेपाली

आर्थिक खबर

Main News Image

सम्झौता अनुसार काम नगर्ने २५ निर्माण कम्पनीको ठेक्का तोडियो

काठमाडौँ । सरकारले सम्झौता अनुसार निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीहरुसँग ठेक्का तोडेको छ। सडक डिभिजन काठमाडौंअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले समयभित्र निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको जानकारी दिएको छ।

पटक पटक अनुरोध गर्दा समेत निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण ठेक्का तोडेको कार्यालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका निम्ति रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

यसअघि सडक डिभिजन कार्यालय काठमाडौंले कात्तिक ११ गते ठेक्का किन नतोड्ने भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएपछि आज आर्थिक वर्ष २०६७र६८ देखि २०७९र८० सम्म भएका सम्झौता रद्द गरिएको हो।

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी...

सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्य...

राष्ट्र बैंकले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८...

सोमबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डल...

नेप्सेमा ५.१५ अंकको गिरावट, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ क...

सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २८ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले सेरधनीहरूलाई लाभांश...

चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घा...

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेक...