आर्थिक खबर
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो ।
यस साता औसतमा ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ४ अर्ब ७४ लाखको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ४४ करोडको भयो । यस्तै, मंगलबार ३ अर्ब २९ करोड, बुधबार ४ अर्ब ५ करोड र बिहीबार ४ अर्ब ५७ करोडको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से १२.५० अंकले घटेर २५९४.८७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन नेप्से ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
ताजा समाचार
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्री...
फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन् । जेनजी आन्दोलन...
घरजग्गा कारोबारमा उत्साह, मंसिर महिनामा मात्रै ४ अर्ब ८४ करोड राजस्व संकलन
काठमाडौँ । कित्ताकाट खुलेसँगै मंसिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्...
जेन–जी आन्दोलनका घाइतेलाई मासिक भत्ता : सरकारले सुरु गर्यो चार तहको वर्गीकरण
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्ने कार्यलाई तीव्रताका साथ अघि बढा...
शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १...


