आर्थिक खबर
तातोपानी र रसुवागढी खुलेपछि कोरलानाकाको कारोबार घट्यो
मुस्ताङ । तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएपछि मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार हाल कोरलानाकाबाट आउने मालवाहक कन्टेनर निकै कम भएका छन् र जाँचपासका लागि ८–१० वटा मात्र पेन्डिङमा छन् ।
पहिले दैनिक १५–२० कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा अहिले कारोबार लगभग घटिसकेको छ। हालसम्म कोरलानाकाबाट ११ अर्ब रुपैयाँभन्दा बढीको आयात, १९ करोडभन्दा बढीको निर्यात र साढे पाँच अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ। नाकाको चहलपहल घटेपछि भन्सार कार्यालय र स्थानीय क्षेत्रमा गतिविधि पनि सुस्त बनेको छ।
ताजा समाचार
राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज पुस २३ गते फेरि २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र...
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो !
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय...
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ...
नेप्से ९.९३ अंकले उकालो, साढे ७ अर्बको सेयर कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको छ । आज ३३४ कम्पनीको १ करोड ४८ लाख कित्ता सेयर किनबेच हु...
नेशनल लाईफले ग¥यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाण्डौ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतक...
दाङमा युवा किसानको स्ट्रबेरी खेती फस्टाउँदै, लाखौँको कारोबार
काठमाडौँ । कृषि प्रविधि र व्यावसायिक सोचका कारण दाङको घोराही क्षेत्रमा स्ट्रबेरी खेती फस्टाउन थालेको छ । कैलालीका २७...


