बिहिबार, ०४ असार २०८३
नेपाली

आर्थिक खबर

Main News Image

दुई दिनमा ११९ अंक घट्यो सेयर बजार !

मिडियाबाजी डटकम काठमाडौँ, चैत १६ । सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ । नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । 


आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २ हजार ९५० अंकमा थियो ।आज बजार खुलेपछि मध्य समयसम्म नियन्त्रित रहेको थियो ,त्यसपछि तीव्र ओरालो लाग्यो । बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो । २६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो ।

सेयर बजारमा सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१ अंकमा झरेको छ। नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले कुल ११९ अंक गुमाएको छ। आज २६ कम्पनीको मूल्य बढ्दा २३७ कम्पनीको मूल्य घटेको छ बजारमा जम्मा कारोबार रकम १२ अर्ब ९६ करोड रुपैयाँ भएको छ।

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्...

नेप्से ५ अकंले बढ्यो, १५ अर्ब ७८ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर किनबेच हुँद...

१६६ संस्थालाई १६ प्रकारका खनिज उत्खनन गर्न अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति प्रदान गरेको छ । स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणम...

समस्यालाई अवसर बनाउँदै इरान, युद्धको आडमा अरबौं डलर कमाइ

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँगको युद्धलाई अवसरमा परिणत गरेको छ । अमेरिकाले खार्ग इरानको टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, त...

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे

काठमाडौँ ।  चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । य...

ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ...