सोमबार, ०८ भदौ २०८३
नेपाली

अपराध/ सुरक्षा

Main News Image

न्याय माग्न सिंहदरबार पुगेका निहारिका र विनु यादव पाँच दिन हिरासतमा

काठमाडौँ । आफूहरू हिंसामा परेको भन्दै न्याय माग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष उनीहरूलाई हिरासतमा राख्न अनुमति मागेको थियो। सोहीअनुसार प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

घरेलु तथा लैंगिक हिंसामा परेको भन्दै न्यायको माग गर्दै केही दिनदेखि सिंहदरबारको गेटमा धर्ना दिँदै आएका उनीहरू बिहीबार बिहान ९ बजे सिंहदरबारभित्र प्रवेश गरेका थिए। प्रधानमन्त्री कार्यालय पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरी मालीगाउँस्थित प्रहरी प्रभागमा राखेको छ ।


वेदिका केसी पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी...

शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने ५ जना पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलविरुद्ध प्रदर्शन र नाराबाजी गर्ने पाँच जना...

व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ

काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेक...

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौँ । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष...

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष क...

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अ...

मुगुका गणेश नेपालीको आत्मदाह प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । त्...