अपराध/ सुरक्षा
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ ८ः३० बजेदेखि कफ्र्यु लगाएको हो । सिन्धुलीको कमलामाई नगरपालिका ४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा बम्जनलाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको थियो।
कमलामाई नगरपालिका ४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ । उक्त घटनापछि आक्रोशित स्थानीय सडकमा उत्रिएका छन् । उनीहरूले पीडकलाई कडा कारबाही हुनु पर्ने माग राखेका छन् । आक्रोशित भीडले बिहीबार आरोपीको घरमा आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
ताजा समाचार
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...
काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१...
निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी
काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालय...
हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ
कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३...
काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहर...
१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलि...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजन...
बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकिङ क...


