बुधबार, १६ वैशाख २०८३
नेपाली

कला/साहित्य

Main News Image

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष्पराज पौडेलले पुस्तकको लोकार्पण गरेका हुन् ।

परिचर्चाकार सुमन वर्षाले उपन्यासकार राजुले पुरानै घटना भए पनि प्रभावकारी प्रस्तुतिले उपन्यास ओजिलो बनेको बताइन् । उनले पैसा र पहुँच नहुँदा कसरी जीवन कठोर हुन्छ भन्ने यथार्थता युवाको मनस्थिति मार्फत प्रस्तुत गरिएको बताइन् । समालोचक राजकुमार बानियाले विषयवस्तु, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यास पठनीय बनेको बताए । श्यामलले उपन्यासकारलाई शुभकामना दिएका थिए। साहित्यप्रेमी, पाठकवर्ग, लेखक र पत्रकारहरूको उपस्थिति रहेको थियो ।


जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर...

चेतनाथ धमला

 

    मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्स...

राहुलको नयाँ अध्याय लोकार्पण

©निशेष आङ्देम्बे

    गजलकार राहु...

हङकङको किनाराबाट गोधूलिको किनारा

© राजकुमार राई हङकङ

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू ल...

छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमल...

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा स...