आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !
काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्। ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ । गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन उदय राज पौडेलले गरेका छन्। गीतमा आयुष मगरकै स्वर र संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन् । साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको समेत अभिनय रहेको छ । भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन् । छायांकन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो । भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक
काठमाडौँ । गायक हेमराज डाँगीले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ‘झिलिमिली तिहार’ बजारमा ल्याएका छन् । लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाँगीकै रहेको छ ।
आधुनिक, लोकदोहोरी, चलचित्र तथा...
बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)
काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ ।&nb...
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...
फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !
काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भ...
कान्समा छानियो नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’
काठमाण्डौँ । विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । कान्सअन्तर्गतको विधा ‘अन सर्टेन रिगार्ड’ यो फिल्म छानिएको हो । अविनाश विक्रम शाह निर्देशित यो फिल्म मुख्य प्रतिस्पर्धापछि प्रमुख मान...
गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फ...



