७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौँ रमेर’को श्रव्यदृश्य सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा अभिनेत्री भुसालले कलाकारिता र उमेरका चुनौतीका विषयमा चर्चा गरिन् ।
उनले भनिन्, ‘बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नसके बढ्दो उमेरको सुन्दरतातर्फ हाम्रो ध्यान जान्छ । हामीले सकरात्मक पक्षलाई बढाउनु जरुरी छ । म आफैँ अहिले ७५ वर्षको भएँ, तर आफ्नो कामले मलाई अनुभवी बनाएको छ, बुढो होइन । यस्ता विषयलाई गीतले राम्रोसँग प्रस्ट्याएको छ, त्यसैले गीत सुन्दर बनेको छ ।’
अभिनेत्री भुसालले ढिलै भए पनि आफ्नो इच्छालाई पूर्णता दिएको भन्दै गायिका लक्ष्मी भुजेल महर्जनलाई गायन क्षेत्रमा निरन्तरता दिन आग्रह गरिन् । ‘मैले अभिनयको सुरुआत गर्दा परिवार र समाज दुवैबाट साथ पाउन मुस्किल थियो । समाजले मेरो अगाडि प्रसंशा गरे पनि कुरा काटेको पनि सुनेकी छु । अहिले गायिका महर्जनलाई झण्डै ५० वर्षको उमेरमा परिवारले नै साथ दिएर गायिका बनाएको सुन्दा खुसी लाग्छ । हाम्रो समाजले कलालाई झन् धेरै सम्मान गर्न लागेको अनुभूति हुन्छ’, उनले भनिन् ।
अभिनेत्री मिथिला शर्माले गायिका महर्जनको आँटलाई देखेर आफू प्रभावित भएको बताइन् । उनले गायिका महर्जनको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी व्यक्त गरिन् । ‘उमेरले हामीलाई केहीमा रोक्न सक्दैन भन्ने एउटा उदाहरण नै गायिका महर्जन हुनुहुन्छ । हामी अहिले पनि आफ्नो काम गरिरहेका छौँ, त्यसैले बढ्दो उमेरसँग डराउने नभई रमाउने हो । आफ्नो कर्ममा इमान्दारिताका साथ लाग्नुपर्छ, यो सन्देश गीतले दिएको छ’, उनले भनिन् ।
गायिका महर्जनले बाल्यकालदेखि नै गायनमा रूचि भए पनि पारिवारिक दायित्वका कारण निरन्तरता दिन नसकेको बताइन् । पछिल्लो समय दिदी सुशीला भुजेलले रचना गरेको शब्दमा स्वर भर्ने गायिका खोज्दै गर्दा सङ्गीतकार शिव शाहीले गीत गाउन प्रेरणा दिएको महर्जनले स्मरण गरिन् ।
‘मैले परिवारलाई समय दिएँ, किनकि त्यो समयमा मेरो त्यही दायित्व थियो । अहिले परिवारको साथले मैले आफ्नो सपना पूरा गरेकी छु । मैले यत्तिकै ‘डमी’ गाएकी थिएँ, हामी अर्कै स्वर खोजिरहेका थियौँ । सङ्गीतकार शाहीले मेरो स्वरमै सुहाउँछ भनेपछि मैले गएकी हुँ । यो सुरुआत हो, मैले पहिलो पाइला टेकेकी छु’, गायिका महर्जनले भनिन् ।
सार्वजनिक गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मासँगै कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्रमान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सविना महर्जन, उर्मिला जोशी, सृजना मानन्धर, लीला कट्टेल, जिभिसनमान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्रमान श्रेष्ठ, रमेश श्रेष्ठ, राहुल थापालगायतले अभिनय गरेका छन् ।
सङ्गीतकार शिव शाहीको कर्णप्रिय सङ्गीतमा तयार भएको उक्त गीतको श्रव्यदृश्यमा भवानी शिलाकारले छायाङ्कन, प्रिया कार्कीले शृङ्गार र रवि सायमीले सम्पादन तथा निर्देशन गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कान्समा छानियो नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’
काठमाण्डौँ । विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । कान्सअन्तर्गतको विधा ‘अन सर्टेन रिगार्ड’ यो फिल्म छानिएको हो । अविनाश विक्रम शाह निर्देशित यो फिल्म मुख्य प्रतिस्पर्धापछि प्रमुख मान...
‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत
काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...
२०८२ सालका सर्वाधिक कमाउने १० नेपाली चलचित्र सार्वजनिक
काठमाडौँ । वर्ष २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा सफल वर्ष बनेको छ । चलचित्र विकास बोर्डका अनुसार गत वर्ष ५७ नेपाली चलचित्र प्रदर्शन भए । बक्सअफिस तथ्याङ्कअनुसार परान ले घरेलु बजारमा १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्ष स्थान हासि...
एलिनाको मर्मस्पर्शी गीत "करिमै छैन के"
काठमाडौँ । लोकप्रिय गीत करिमै छैन के युट्युबमा दर्शकको मन जित्दै भाइरल बन्दै गएको छ । भावनात्मक शब्द, मधुर स्वर र सुन्दर संगीत संयोजनका कारण गीतले छोटो समयमै राम्रो प्रतिक्रिया पाएको हो । रबि ओड र रन्जिता बिश्वकर्माको आवाजमा सजिएको यस गितमा एलिना...
आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)
काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।
नेपाल प्रहरीले निर्वाह गरिरहे...
मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...



