फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !
काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भाव र अनुहारमा रगत लतपतिएको अवस्थामा देखिएकी छिन् । दृश्यमा उनी हातमा बन्दुक समातेर लडाइँमा उत्रिएको देखिन्छिन् ।
टिजरले फिल्ममा रश्मिकाको पात्र गम्भीर र शक्तिशाली रहेको संकेत गर्छ। टिजरमा सुनिने भ्वाइस ओभरले रश्मिकाको पात्रको क्रोध र सामना गर्ने दृढताबारे बताउँछ । एक्सन–थ्रिलर फिल्म मैसा रविन्द्र पुल्लेले निर्देशन गरेका हुन् । फिल्ममा रश्मिका मुख्य भूमिकामा देखिँदै छिन । अन्य कलाकारहरूबारे जानकारी सार्वजनिक गरिएको छैन। फिल्म सन् २०२६ मा रिलिज हुने जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...
अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक
काठमाडौँ । गायक हेमराज डाँगीले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ‘झिलिमिली तिहार’ बजारमा ल्याएका छन् । लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाँगीकै रहेको छ ।
आधुनिक, लोकदोहोरी, चलचित्र तथा...
नेपाल छांयाकनका लागि उत्कृष्ट गन्तब्य, कोरियन निर्देशकले गरे तारिफ
काठमाडौँ । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।
छायांकन समापनपछि पाँचौं पटक नेपाल आ...
गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फ...
‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
...बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने
काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने...



