उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गरी निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो ।
वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका क्षेत्रमा करिब ४० दिनसम्म छायांकन गरिनेछ । यो फिल्ममार्फत लामो समय सम्पादन क्षेत्रमा काम गरेका तारा थापा निर्माता रूपमा प्रस्तुत हुँदैछन् ।
फिल्मको विशेष आकर्षण भने उत्तम प्रधान र निरुता सिंहको करिब दुई दशकपछि पुनर्मिलन हो । निरुता मुहूर्त कार्यक्रममा सहभागी भइसकेकी छिन् भने उत्तम वैशाख १५ गते नेपाल आएर छायांकनमा जोडिने तयारीमा छन् । सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ । निर्माण टिमले ‘सारथी’ मार्फत नयाँ कथा र फरक स्वादका साथ दर्शकमाझ प्रस्तुत हुने विश्वास व्यक्त गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण
पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले...
नेपाल छांयाकनका लागि उत्कृष्ट गन्तब्य, कोरियन निर्देशकले गरे तारिफ
काठमाडौँ । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।
छायांकन समापनपछि पाँचौं पटक नेपाल आ...
आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक !
काठमाडौँ । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको ध्यान तानेको छ । यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै...
गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...
कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?
काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।
ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमज...
गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
काठमाडौँ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन ग...



