शुक्रबार, २२ जेठ २०८३
नेपाली

जेनजी आन्दोलनबाट बेपत्ता थुक्तेन अझै भेटिएनन्

Main News Image

सिमकोट (हुम्ला) । नाम्खा गाउँपालिका३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् ।

उनी काठमाडौंमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् ।

चौबीस वर्षीय थुक्तेन काठमाडौंको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए ।

उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए । भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए ।

बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन् । बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् ।

थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए ।

mediabaaji add

सम्बन्धित खबर

तिहार अवधिमा मौसम सफा, केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात

काठमाडौँ । तिहार अवधिमा देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तिहार विशेष मौसम बुलेटिन प्रकाशन गर्दै मौसम महाशाखाले लक्ष्मीपूजा कात्तिक ३० देखि भाइटीका कात्तिक ६ सम्मको सम्भावित मौसमबारे जानकारी गरा...

गुरु र चेला समेटिएको मन्त्री परिषद्

मिडियाबाजी डटकम काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको वर्तमान सरकारमा एउटा यस्तो दुर्लभ र सुखद संयोग मिलेको छ, जहाँ विश्वविद्यालयका 'गुरु' र 'चेला' को मन्त्रिपरिषद् बनेका छ ।

ती दुई मन्त्रीहरू हुन् सञ्चार तथा सूचना प्रविधि मन्त्री...

देशभर मौसम सफा: कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी प्रदेश, गण्डक...

कात्तिक ६ गते बिहान ११ : ३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयक समितिले २०८२ साल तिहार शुभ दीपावलीका लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा...

बझाङमा भूकम्पको धक्का

काठमाडौं। बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको...