शनिबार, २३ जेठ २०८३
नेपाली

बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने

Main News Image

काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने जनाइएको यो रोमान्चक ड्रामामा मनोज पण्डित, विशाल पोखरेल अग्रिम पण्डित, देवेन्द नेपाल, दीपक भट्टराई, रिश्ता अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।

युधिष्ठिर सरस्वती क्रियसनस्को ब्यानरमा बन्ने फिल्मको छायांकन पर्वत जिल्लाको पैयुँ क्षेत्रमा माघदेखि सुरु हुनेछ । विवेक लामाले फिल्म छायांकन गर्नेछन् । मनोज पण्डितको लेखन निर्देशन तथा निर्माणमा चलचित्र बन्दैछ । लक्ष्य, दासढुंगा, बधशाला, छायाँ, खाग, एकपछि पण्डित निर्देशित यो सातौं फिल्म हुनेछ । बुधबार चलचित्र विकास बोर्डले यो फिल्मलाई निर्माणको इजाजत दिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश

काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

...

गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५

मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।

उनले ओप्सना फ...

कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक

काठमाण्डौँ । कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ ।

ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको...

७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो

काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...

यस्तो छ तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...