शनिबार, २३ जेठ २०८३
नेपाली

‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना

Main News Image

काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् ।  विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाकारको नाम सार्वजिनक गरिएको छैन । यतिबेला काठमाडौँका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको फिल्मको सेटको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा  झरना सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।

चैत ९ गते काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको थियो। संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यू निर्देशन रहेको फिल्मले यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।

संगीत र पार्श्व गायनमा दर्जनौँ  गीतहरू दिइसकेका चर्चित संगीतकार लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दै छन्। लम्सालले निर्देशन मात्र नभई चलचित्रको कथा र पटकथा पनि तयार पारेका हुन् ।


mediabaaji add

सम्बन्धित खबर

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...

कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक

काठमाण्डौँ । कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ ।

ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको...

बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने

काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने...

यस्तो छ तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...

७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो

काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...

आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)

काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।

नेपाल प्रहरीले निर्वाह गरिरहे...