शनिबार, २३ जेठ २०८३
नेपाली

कान्समा छानियो नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’

Main News Image

काठमाण्डौँ । विश्व प्रतिष्ठित कान्स फिल्म महोत्सवको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । कान्सअन्तर्गतको विधा ‘अन सर्टेन रिगार्ड’ यो फिल्म छानिएको हो । अविनाश विक्रम शाह निर्देशित यो फिल्म मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने विधामा नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो। ‘अन सर्टेन रिगार्ड’ले युवा निर्देशक र फरक कथावाचकहरूलाई समेट्छ । 

कान्समा मेन्टरसिप पाएको यो फिल्म अब उत्कृष्ट फिल्मका लागि ‘अन सर्टेन रिगार्ड प्राइज, उत्कृष्ट निर्देशक र स्पेसल जुरी प्राइजका लागि भिड्नेछ। यस फिल्मले हात्तीको आक्रमणबाट आक्रान्त बस्तीको एक परिवारको कथा भन्छ । हात्तीका कारण खेप्नुपरेको पीडासँगै आमा र छोरीको सम्बन्ध देखाइएको। जुन परिवारले यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छ ।

फिल्ममा अल्पसंख्यक समुदायकै कलाकारसहित आकांक्षा कार्की, पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग लगायतको अभिनय छ । दुई नेपाली कम्पनी अन्डरग्राउन्ड टकिज नेपाल र जयन्ती क्रियसन्ससँगै फिल्ममा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको लगानी छ । यसअघि शाहको सर्ट फिल्म ‘लोरी’ पनि कान्समा छनोट भइसकेको छ। जसले कान्सको ७५ औं संस्करणमा स्पेशल मेस्सन जित्दै इतिहास रचेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...

गायक प्रशान्त तामाङको निधन

काठमाडौँ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका...

नेपाल छांयाकनका लागि उत्कृष्ट गन्तब्य, कोरियन निर्देशकले गरे तारिफ

काठमाडौँ । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।

छायांकन समापनपछि पाँचौं पटक नेपाल आ...

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो...

कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?

काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।

ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमज...

अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक

काठमाडौँ । गायक हेमराज डाँगीले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ‘झिलिमिली तिहार’ बजारमा ल्याएका छन् । लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाँगीकै रहेको छ ।

आधुनिक, लोकदोहोरी, चलचित्र तथा...