सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज २    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै बुधबार तोलाको दुई हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको  चाँदीको मूल्य बिहीबार प्रतितोला दुई हजार ५ सय २० रुपैयाँ कायम भएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर