मिडियाबाजी डटकम काठमाडौँ असाेज १ । कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भदौ २३ र २४ गते भएको आन्दोलनमा कर्णालीका विभिन्न कारागारमा रहेका १ सय २७ जना कैदी बन्दीहरु भागेका थिए। भागेका मध्ये ५९ जना अझै फरार रहेका छन्। फरार रहेका ३३ जना कैदी र २६ जना बन्दी हुन्। कर्णालीका विभिन्न कारागारबाट ८२ जना कैदी र ४५ जना बन्दी भागेका थिए।
आन्दोलनमा रुकुम पश्चिम जिल्ला कारागारबाट भागेका ५५ जना कैदी मध्ये ३८ जना कैदी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमबाट भागेका १७ जना कदी र १४ जना बन्दी फरार छन्। रुकुम पश्चिमबाट ३३ जना थुनुवा भागेका थिए ती मध्ये १९ जना पक्राउ परेको प्रहरीले जनाएको छ। जुम्लाबाट २७ जना कैदी भागेका मध्ये १३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १६ जना फरार छन्।
जुम्लाबाट भागेका १२ जना थुनुवामध्ये सात जनालाई पक्राउ गरिएको छ। पाँच जना फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणमा उल्लेख छ।