एक महिनामा भित्रियो १ खर्ब ७७ अर्ब रेमिट्यान्स

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१  एक महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रेसिमट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सावैजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर