भारतको शिमलामा पिकअप दुर्घटना, चार नेपालीसहित ५ जनाको मृत्यु

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१   भारतको हिमाचल प्रदेशको शिमलामा पिकअप गाडी दुर्घटना हुँदा ४ नेपालीसहित ५ जनाको मृत्यु भएको छ ।

मृतक नेपालीहरु सबै सल्यान जिल्लाका रहेको बताइएको छ । गाडीका चालकको पनि मृत्यु भएको छ । उनी भारतीय हुन् ।

जानकारी अनुसार दुर्घटना आज बिहान शिमला जिल्लाको कोटखाइमा भएको हो । दुर्घटनामा नेपालको सल्यानका डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट तथा गाडीका चालक भारतीय नागरिक जोगिन्दर सिंहको पनि ज्यान गएको हो ।

प्रहरीबाट प्राप्त जानकारी अनुसार पिकअपमा चालक बाहेक ६ जना थिए, जो नेपाली मजदुर थिए । यो पिकअप चालकको नियन्त्रण बाहिर गयो र पल्टियो । गाडी सडकबाट लगभग ५०–६० मिटर तल अर्को सडकमा खसेको छ । यस दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भयो भने अर्का एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भयो ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले दुर्घटनामा शोक व्यक्त गर्दै पाँच जनाको मृत्यु भएकोमा समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्रीले मृतकका परिवारसँग राज्य सरकार रहेको र उनीहरूलाई सरकारबाट सम्भव भएसम्म सबै सहयोग उपलब्ध गराउने बताएका छन् । साथै, मुख्यमन्त्रीले घाइतेहरूलाई उत्तम उपचार प्रदान गर्न निर्देशन दिएका छन् र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर