मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८ । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी छन्।
शनिबार काठमाडौंको मीन भवनमा रहेको सिभिल अस्पताल र सुन्धारामा रहेको वीर अस्पतालको ट्रमा सेन्टर पुगेर भेटेकी हुन्।
शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन्।
प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन्।
उनले सम्बन्धित चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य स्थिति, उपचारको प्रगति, र आवश्यक सहयोगका विषयमा छलफल गरेकी छिन्।