संसद् विघटनले जेनजी आन्दोलनकै मर्म खतरामा पर्‍यो : कांग्रेस

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८   नेपाली कांग्रेसले संसद विघटन गर्दा जेनजी आन्दोलनको मर्म नै खतरामा परेको बताएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद विघटन र अन्तरिम सरकार गठनको प्रक्रिया संविधान विपरित भएको ठहर गरेको हो।

यसले लोकतन्त्र नै धरापमा पारेको दाबी गर्दै जेनजी आन्दोलन नै खेर जाने आशंका उत्पन्न भएको कांग्रेसले निष्कर्ष छ ।
पार्टीले संसद विघटन नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएको पनि कांग्रेसले स्पष्ट पारेको छ ।

विज्ञप्तिअनुसार कांग्रेसले संविधानको संरक्षक र पालनकर्ताका रूपमा ‘आवश्यकताको सिद्धान्त’अनुरूप जेन-जेडले प्रस्ताव गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन संसद‌बाट संविधान संशोधन गर्ने र नयाँ सरकारले निर्वाचन घोषणा गर्ने प्रस्ताव गरेको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर