रुपन्देहीको उपनिर्वाचन रद्द हुँदा मनाङको रद्द भएन, किन ?

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८   प्रतिनिधि सभाको विघटनसँगै रुपन्देही–३ को उपनिर्वाचन स्वतः रद्द भएको छ।

तर, मनाङमा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ मा हुन लागेको निर्वाचन तालिका भने यतावत् रहेको निर्वाचन आयोगले जनाएको छ ।

आउँदो कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन तोकिएको थियो । प्रतिनिधि सभा सदस्यको बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको भए पनि विघटनसँगै सबै कार्यक्रम रद्द भएको आयोगले जनाएको छ ।

तर मनाङ क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचन भने रद्द नभएको आयोगले जनाएको छ । उक्त क्षेत्रमा दीपक मनाङ भनिने दीपक गुरुङ ज्यान मुद्दामा दोषी ठहर भएपछि खाली भएको थियो।

आयोगका अनुसार प्रतिनिधि सभा विघटन भए पनि प्रदेश सभा जीवित भएको हुँदा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचनको कार्यक्रम यथावत् रहेको हो ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै शुक्रबार प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर