सेयर बजार असोज २ गतेसम्म बन्द रहने

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २८    सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ ।

नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेसम्म कारोबार बन्द रहने जनाएको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड घ बमोजिम नेप्से ४ दिन बन्द गरिएको हो ।

यही व्यवस्थाअनुसार अर्को १ दिन बन्द अवधि थप्न सकिनेछ । ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार समेटिएको छ । सोअन्तर्गत बुँदा नम्बर घ मा धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्म धितोपत्र बजार बन्द गर्न आदेश दिने व्यवस्था छ । यो व्यवस्थाअनुसार अधिकतम ५ दिन बजार बन्द गर्न सकिन्छ ।

यसअघि नेप्सेले मंगलबार, बुधबार र बिहीबार बजार बन्द गराएको हो । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा आधारित भएर यी तीन दिन कारोबार स्थगित गराएको थियो ।

प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सकिने सो नियमावलीमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर