प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव 

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २ राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका हुन् ।

त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ लिएकी थिइन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर